इन्स्पेक्टर खत्री ‘बेस्ट पुलिस अफ द मन्थ’ घाेषित, उत्कृष्ट कार्य गरेका थिए

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । नेपाल प्रहरीका प्रहरी निरीक्षक(इन्स्पेक्टर) याेगेश खत्री उत्कृष्ट काम गरेपछि ‘बेस्ट पुलिस अफ द मन्थ’ घाेषित भएका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको इन्टेलिजेन्स शाखामा कार्यरत  खत्रीलाई भर्खरै सम्पन्न चैत महिनाकाे “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको हाे ।

tourism

कार्यालयले अपराध अनुसन्धानमा अब्बल क्षमता देखाएर प्रभावकारी कार्य सम्पादन गरेकाे भन्दै उत्कृष्ट प्रहरी अधिकृतका रूपमा छनाेट गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरी संगठनले प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गर्दै प्रोत्साहन गर्दै आएकाे छ । खत्री यसअघि वडा प्रहरी कार्यालय धनगढीकाे इन्चार्जकाे रूपमा काम गरेर काठमाडौं सरूवा भएर गएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...