कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ५ जना पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ६५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित गोदावरी नगरपालिका–१ का २१ वर्षीय राज बि.कलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो। उनलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

tourism

यस्तै, धनगढी–३ त्रिनगरबाट २ ग्राम २२० मिलिग्राम सोही प्रकृतिको लागूऔषधसहित गोदावरी नगरपालिका–६ बडैयाका २२ वर्षीय राजकुमार घर्ती पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, गोदावरी नगरपालिका–१ स्थित शिवशक्ति महारुद्र स्टिल तथा आल्मुनियम उद्योगबाट ३ ग्राम ९२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित सोही स्थानका २७ वर्षीय दिकसन पन्तलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बिहीबार बेलुका पक्राउ गरेको प्रहरीले जनाएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा पनि लागूऔषध बरामद भएको छ। कृष्णपुर नगरपालिका–७ का ३४ वर्षीय महादेव रानाले चलाएको से.७ प २९२५ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षीय सुकविन्द्र रानासहितलाई चेकजाँच गर्दा ६ ग्राम ३२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ फेला परेपछि दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

पक्राउ परेका सबैलाई सम्बन्धित मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...