गृहमन्त्री सुधन गुरुङको राजीनामा हल्ला निराधार: सचिवालयको स्पष्टिकरण

cp new add
Nisharg hospital
Ban Mantralye

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिन लागेको भन्ने बजारमा फैलिएको चर्चालाई उनको सचिवालयले पूर्ण रूपमा खण्डन गरेको छ।

सचिवालय स्रोतका अनुसार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गृहमन्त्रीको राजीनामाबारे आएका समाचारहरू भ्रामक र आधारहीन छन्। “राजीनामाको हल्ला निराधार हो, उहाँ नियमित रूपमा आफ्नो जिम्मेवारीमा सक्रिय हुनुहुन्छ,” सचिवालयका एक सदस्यले बताएका छन्।

यसअघि विवादास्पद व्यवसायी दीपक भट्टसँग व्यावसायिक सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि नैतिकताको प्रश्न उठाउँदै गृहमन्त्री गुरुङको राजीनामाबारे चर्चा चुलिएको थियो। तर सचिवालयले यस्ता सबै दाबीलाई अस्वीकार गर्दै गृहमन्त्री मन्त्रालयको काममा निरन्तर सक्रिय रहेको स्पष्ट पारेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...