

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा धारिलो हतियार गरेर हत्या गरिएका १८ वर्षीय उज्जल सायरमाथि धारिलो हतियार प्रहार गरेका आरोपमा पक्राउ परेका दुई जनाको परिचय खुलेको छ ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–५ कै २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुले दाइ नाता पर्ने नरेश खातीको विवाह समारोहमा सहभागी भएका बेला सायरलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते सायरलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी पठाएको थियो । उपचारकै क्रममा सोही दिन बिहान २स्२४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

