पुर्चौंडी इलाका प्रशासन कार्यालय प्रमुखकाे जिम्मेवारी विष्टलाई

cp new add
Nisharg hospital
Ban Mantralye

बैतडी जिल्लाको पुर्चौंडीस्थित इलाका प्रशासन कार्यालयमा लामो समयदेखि देखिएको प्रमुखको अभाव अन्त्य भएको छ। गृह मन्त्रालय को सचिवस्तरीय निर्णयअनुसार उत्तमबहादुर विष्ट लाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो। उनी यसअघि जिल्ला प्रशासन कार्यालय बैतडी मा नायब सुब्बा पदमा कार्यरत थिए।

नयाँ जिम्मेवारीअनुसार विष्टले नियमित प्रमुख हाजिर नहुँदासम्म प्रचलित कानुनबमोजिम प्रशासनिक तथा आर्थिक कामकाज सञ्चालन गर्ने अधिकारसमेत पाएका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराई का अनुसार विष्टले आगामी सोमबारदेखि औपचारिक रूपमा इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट सेवा सुरु गर्नेछन्। कार्यालय प्रमुखको अभावका कारण गत मंसिरदेखि नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र तथा नाबालिग परिचयपत्रसम्बन्धी सेवा प्रभावित हुँदै आएका थिए। सेवाग्राहीहरू सामान्य प्रशासनिक कामका लागि जिल्ला सदरमुकामसम्म पुग्न बाध्य थिए।

अब नयाँ प्रमुखको व्यवस्था भएसँगै ती सबै सेवा पुनः नियमित हुने र स्थानीय नागरिकले नजिकैबाट सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ। यसले समय र खर्च दुवै बचत गर्नुका साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ। सरकारले स्थानीयस्तरमै प्रशासनिक संरचना सुदृढ गर्ने नीतिअनुसार इलाका प्रशासन कार्यालयहरू सक्रिय बनाउने क्रममा पुर्चौंडीमा प्रमुख खटाइनुलाई सकारात्मक रूपमा हेरिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...