

रुपन्देहीमा प्रहरीले विशेष ‘स्वीप अपरेसन’ सञ्चालन गरी १०३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही का अनुसार शनिबार बेलुका ७ बजेदेखि ९ बजेसम्म जिल्लाभरि एकैसाथ चेकजाँच अभियान चलाइएको थियो।
प्रहरीका डीएसपी गणेश सापकोटा ले विभिन्न स्थानमा गरिएको जाँचका क्रममा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न भएको आशंकामा १०३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

नियन्त्रणमा लिइएका व्यक्तिहरूको आपराधिक गतिविधिसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

