धनगढीकी रक्षा लागुऔषध मुद्दामा पक्राउ, ३ महिना जेल बस्नुपर्ने

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकिएकी एक युवती पक्राउ परेकी छन्।

जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...