जलेका सरकारी गाडीको नाममा इन्धन घोटाला : मन्त्रीको एक्सन

cp new add
Nisharg hospital
suchana

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा जलेका सवारी साधनकै नाममा इन्धन खर्च भइरहेको खुलासा भएको छ। प्रयोगविहीन अवस्थामा रहेका ती गाडीहरूको विवरण देखाएर कर्मचारीहरूले इन्धन सुविधा लिइरहेको पाइएपछि मन्त्री निशा मेहताले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै तत्काल छानबिन गर्न निर्देशन दिएकी छन्।

मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई इन्धन दुरुपयोगबारे विस्तृत अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी हुन्।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मातहतका निकायका थप ६ गरी कुल २४ वटा सवारी साधन जलेका थिए। काम गर्न नसक्ने अवस्थामा पुगेका यिनै सवारीका नाममा इन्धन खर्च भइरहेको तथ्य बाहिरिएपछि मन्त्रालयभित्रको आर्थिक अनुशासनमाथि प्रश्न उठेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...