बाजुरामा पहिरो र चट्याङमा परेर १६ पशुचौपाया मरे, ३८ बेपत्ता

cp new add
Nisharg hospital
suchana

हावाहुरीसहितको वर्षा, पहिरो र चट्याङका कारण बाजुरा जिल्ला मा ठूलो क्षति भएको छ। प्राकृतिक विपद्का कारण १६ वटा भेडाबाख्रा मरेका छन् भने ३८ वटा बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुरा का अनुसार जिल्लाको पूर्वी–उत्तरी क्षेत्रस्थित जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा चराउन लगिएका चौपाया घर फर्काउने क्रममा मङ्गलबार साँझ परेको वर्षासँगै आएको पहिरो र चट्याङले क्षति पुर्‍याएको हो।

प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाही का अनुसार स्थानीय चैनबहादुर विष्टका दुईवटा भेडा मरेका र नौवटा बेपत्ता भएका छन्। त्यसैगरी अमृत ल्वारका तीन वटा भेडा पहिरोमा परी मरेका र १४ वटा बेपत्ता भएका छन्। अन्य स्थानीय किसानका पाँच वटा भेडाबाख्रा मरेका र १० वटा बेपत्ता भएका छन् भने ऐनबहादुर विष्टका तीन वटा मरेका र पाँच वटा बेपत्ता भएका छन्। यसैबीच त्रिवेणी नगरपालिका–९ पैमा स्थित खोया लेकमा स्थानीय कुलबहादुर साउदको गोठमा चट्याङ लाग्दा तीन वटा भेडाबाख्राको मृत्यु भएको छ।

त्यस्तै मङ्गलबार बेलुकी आएको हुरीबतासका कारण खप्तड छेडेदह गाउँपालिका–१ काँडा मा स्थानीय वीरे रावलले सञ्चालन गरेको काठ र जस्तापाताले बनेको भुइँतले पसल उडाउँदा लत्ताकपडा र सिलाउने मेसिनमा क्षति पुगेको प्रहरीले जनाएको छ। हुरीबतास र वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलनका लागि प्रहरी चौकी कुन्ना, प्रहरी चौकी बडीमालिकाप्रहरी चौकी काँडा बाट प्रहरी टोली परिचालन गरिएको प्रवक्ता शाहीले जानकारी दिए।

यसैगरी असिनापानीसहितको वर्षाका कारण पाकेको गहुँ बालीमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुरा ले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...