धनगढीमा लाइसेन्स लिन यातायाततर्फ दौडिदै हुनुहुन्छ ? पर्खनुहोस् नाम निश्चित गरेर मात्र जानुहोस् (सूचीसहित)



धनगढी । यातायात व्यवस्था कार्यालय, धनगढीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन चेकलिष्ट हेरेर मात्र आउन सेवाग्राहीलाई अनुरोध गरेको छ।
लाइसेन्सहरू प्रिन्ट भएर वितरणको कार्य सुरु भइसकेको भएपनि सेवाग्राह चेकलिष्ट नहेरेर कार्यालय पुग्दा भीडभाड बढेको छ । सोही कारण चेकलिष्ट हेरेर निश्चित गरेर मात्र आउन अनुरोध गरेको हो ।
कार्यालयले लाइसेन्स बुझ्न आउँदा अनिवार्य रूपमा सूचनामा सार्वजनिक गरिएको चेकलिष्टमा आफ्नो लाइसेन्स नम्बर, नामथर, बक्स नम्बर तथा सिरियल नम्बर जाँच गरी लाइसेन्स आएको सुनिश्चित गर्न जारी सूचनामा उल्लेख गरेको छ ।
साथै, राजश्व बुझाएको सक्कल भौचर वा निस्सा साथमा ल्याउनुपर्ने उल्लेख गरिएको छ। कार्यालयका अनुसार २०७८ पुस १७ गतेदेखि २०८१ चैत ३१ गतेसम्म तथा २०८३ वैशाख ४ गतेदेखि ७ गतेसम्म राजश्व बुझाएका सेवाग्राहीका लाइसेन्स प्रिन्ट भई आइसकेका छन्।
सो अवधिमा नयाँ, वर्ग थप, नवीकरण, प्रतिलिपी तथा प्रतिलिपीसहित नवीकरण गरेका सेवाग्राहीले चेकलिष्ट हेरेर लाइसेन्स बुझ्न आउन सक्नेछन्।
तर, २०८२ वैशाख १ गतेदेखि २०८३ वैशाख ३ गतेसम्म बिल डेट भएका लाइसेन्स भने अझै प्रिन्ट हुने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।
कार्यालयले केही लाइसेन्सहरू म्याद सकिएको वा प्राविधिक कारणले प्रिन्ट नभएको हुन सक्ने जानकारी पनि गराएको छ।
सूचना अधिकारी सुरेश ओखेडाले सेवाग्राहीलाई आवश्यक कागजातसहित मात्र कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन्।
आफ्ना विवरण हेर्न क्लीक गर्नुहोस्
License Print 2026-04-17 to 20 License Print 2026-04-17 to 20
License Print 2026-04-17 to 20License from 01-01-2022 to 13-04-2025 FINAL
