घर भत्किएको हेर्न नसकेर निस्किएका राई खोलामा मृत भेटिए

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौंको बल्खुमा सुकुमवासी बस्ती खाली गराइएपछि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान घर भत्किएको दृश्य सहन नसक्ने भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन्।

उनकी पत्नी सरिता राईका अनुसार राई बिहानै “हेर्न सक्दिनँ” भन्दै घरबाट निस्किएका थिए। केही घण्टापछि उनी मृत अवस्थामा फेला परेपछि परिवार शोकमा डुबेको छ। स्थानीयका अनुसार राईको परिवार करिब १६–१७ वर्षदेखि बल्खुको सुकुमवासी बस्तीमा बस्दै आएको थियो। उनी बल्खुस्थित तरकारी बजारमा काम गर्ने गर्थे।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...