कैलाली र कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले टिकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ६९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–१ का २० वर्षीय लक्ष्मण शाही र सोही स्थानका २६ वर्षीय प्रकाश रिमाल रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ४४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषधसहित मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको टोलीले बेलौरी नगरपालिका–७ पौलाहाबाट १ ग्राम ४१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ राजपुरका १९ वर्षीय जनक राम राना रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...