

कैलाली । लम्कीचुहा नगरपालिका–१, पूर्वलम्कीस्थित भित्री सडक खण्डमा आइतबार साँझ झाडीमा वेवारिसे अवस्थामा एयर गन पेस्तोल फेला परेको छ ।
चन्द्र मौलेश्वर जाने सडक छेउमा रहेको झाडीबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले एक थान एयर गन पेस्तोल बरामद गरेको हो ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त पेस्तोल नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

