पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीन जना पक्राउ

cp new add
Nisharg hospital
suchana

वैशाख १७ गते इन्द्रचोक स्थित नैना एन्ड इसन ज्वेलर्समा लुटपाट प्रयास गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विकेश राजवाहक, अरूण भुजेलहरिकृष्ण महर्जन रहेका छन्।

हेलमेट, नकाब र कालो कपडा लगाएर पसल छिरेका उनीहरूले एक्लै बसिरहेकी महिला कर्मचारीलाई पेस्तोल देखाउँदै लुटपाट प्रयास गरेका थिए। तर महिलाले प्रतिरोध गरेपछि उनीहरू घटनास्थलबाट भागेका थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। पक्राउ परेका मध्ये भुजेलको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोलसमेत बरामद गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ ले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...