कैलालीको बडिमालिका शिक्षालयका डीएसपी धामी र इन्स्पेक्टर भट्ट उत्कृष्ट, अन्य को पुरस्कृत ? (नामसहित)

cp new add
Nisharg hospital
suchana

धनगढी । सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय कैलालीले २५औँ स्थापना दिवस मनाएको छ । गौरीगंगा नगरपालिका–६ को बनबेहडास्थित शिक्षालयमा आयोजना गरिएको समारोहबीच बिहीबार स्थापना दिवस मनाइएको हो ।

जवान तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सुर्यबहादुर सेन ओलीको अध्यक्षता एवंम् राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआइजी) पुरुषोत्तम थापाको प्रमुख आथित्यतामा समारोहको आयोजना गरिएको थियो ।

स्थापना दिवसको अवसरमा शिक्षालयमा वर्षभरी सर्वोत्कृष्ट तथा उत्कृष्ट कार्य गर्ने विभिन्न दर्जाका सशस्त्र प्रहरी अधिकृत तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) बिरबहादुर धामी, सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर) चन्द्रदेव भट्ट लगायत रहेको शिक्षालयले जनाएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक(सई), शंकर सिंह विष्ट, हरिषराज भट्ट र केशवदत्त भट्ट, सशस्त्र प्रहरी सहाय निरीक्षक(असई) रामसिंह नाथ, सशस्त्र प्रहरी बरिष्ठ हवलदार मोहन नाथ, गोविन्दराज भट्ट, मदनराज भट्ट, हरिसिंह बगाल, मनबहादुर चौधरी, हरी बहादुर सार्की, पुष्कल बहादुर ठकुल्ला र लालबहादुर बोहरालाई पनि पुरस्कृत गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी हवलदारतर्फ लालबहादुर रावत, श्याम नाथ, केशवबहादुर बलायर, दिनेशबहादुर चन्द, नरेश अर्याललाई पुरस्कृत गरिएको छ भने सशस्त्र प्रहरी सहायक हवलदार उदयराम बुढा, भानुभक्त थापामगर र सुशीला चौधरी पुरस्कृत भएका छन् ।

सशस्त्र प्रहरी जवान लक्ष्मणसिंह धामी, महेश सिंह धामी, जनकराज जोशी, बालकृष्ण साउद, भिमबहादुर सिंह र देवबहादुर विष्टलाई पनि पुरस्कारसहित सम्मान गरिएको छ । उनीहरुलाई जवान तालिम शिक्षालयका प्रमुख एसएसपी सुर्यबहादुर सेन ओलीले पुरस्कार प्रदान गरेका थिए ।

स्थापना दिवस समारोहमा बोल्दै ओलीले सशस्त्र प्रहरीका जवान नै संगठनका पिल्लर भएको बताउँदै संगठनलाई उचाईमा पुगाउन उनीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताएका थिए ।  ‘संगठनका लागि जवानहरु आधारभूत आधार हुन् । जसरी एउटा घरको जगले कति तलाको घर निर्माण गर्ने भन्ने कुरा निर्धारण गर्छ त्यसैगरि संगठनलाई कुन उचाइसम्म पुगाउने भन्ने कुराका निर्धारण जवानहरु हुन्,’ उनले भने ।

प्रमुख अतिथि रहेका डीआईजी पुरुषोत्तम थापाले बदलिदो परिवेशमा शान्ति, सुरक्षा कायम गर्ने विषयमा चुनौती थपिदै गएको बताए । उनले बदलिदो सुरक्षा चुनौतीको सामना गर्नेगरि सशस्त्र प्रहरी बल अघि बढेको उल्लेख गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...