सुनसरीमा  एक युवाको हत्या आरोपमा एकजना पक्राउ

cp new add
Nisharg hospital
suchana

काठमाडौं । सुनसरीमा धारिलो हतियार प्रहार गरी एक युवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका- १०, बेलगाछी बस्ने २७ वर्षीय जीवन भुजेलको हत्या भएको हो ।

भुजेलको हत्या आरोपमा सोही उपमहानगरपालिका- १९, खिम्दिङ पुल चोक बस्ने २७ वर्षीय जिमी भन्ने अर्जुन विश्वकर्मालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्जुनले धारिलो हतियार छुरा प्रहार गर्दा जीवन गम्भीर घाइते भएका भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी खटिएको थियो ।

गम्भीर घाइते भएका जीवनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...