

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।
यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो ।
लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको विमानस्थल सुरक्षा स्रोतले बतायो ।
यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।
यात्रुहरु सकुशल छन् । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको विमानस्थल स्रोतले बतायो ।

