सभापतिकाे निर्देशनमा कैलाली कांग्रेसकाे कार्यालयमा तालाबन्दी, सचिव सम्पर्कविहीन

cp new add
Nisharg hospital
suchana

धनगढी । नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टी केन्द्रीय कार्यालयले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिए पनि कैलालीमा भने तालाबन्दी गरिएपछि ती काम प्रभावित बनेको छन् ।

धनगढीस्थित पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापतिसहित नेता तथा कार्यकर्ता जम्मा भएका थिए ।
कार्यालयको मूल गेट तथा भित्रका कार्यकक्षमा ताला लगाइएपछि नियमित कामकाज अवरुद्ध भएको छ।
नेता तथा कार्यकर्ताहरू पछाडिको सिढी प्रयोग गरेर कार्यालयभित्र प्रवेश गरे पनि सबै कोठामा ताला लगाइएकाले सदस्यता अद्यावधिकलगायतका कार्य रोकिएको उनीहरूले बताएका छन्।

विशेष महाधिवेशनको पक्ष–विपक्षमा देखिएको विवादकै कारण केही पक्षले नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्यता अद्यावधिकसम्बन्धी निर्णय कार्यान्वयन हुन नदिने अडान लिएको बताइएको छ।

जिल्ला सभापति नारायण भट्ट देउवा पक्षीय नेता मानिन्छन्। स्रोतका अनुसार उनकै निर्देशनमा कार्यालय बन्द गरिएको आरोप लगाइएको छ।

यस्तै, कार्यालय सचिव प्रयाग जोशी पनि सम्पर्कविहीन रहेको पार्टी कार्यालयमा उपस्थित नेताहरूले बताएका छन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...