कैलालीमा तालिममै देह त्यागेका प्रशिक्षार्थी सशस्त्रकाे परिवारलाई सवा ४ लाख सहयाेग

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीमा उपचारका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानकाे परिवारलाई आर्थिक सहयाेग गरिएको छ ।

मृतक दार्चुलाकाे नाैगाड गाउँपालिका-१ का  प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान महेश सिंह महताको परिवारलाई सशस्त्र प्रहरी कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको चार लाख १२ हजार ७४० रुपैयाँ सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको हाे ।

सशस्त्र प्रहरीकाे बडिमालिका जवान तालिम शिक्षालय कैलालीले सशस्त्र प्रहरी बलका कर्मचारीहरूले संकलन गरेको उक्त रकम मंगलबार आयोजित श्रद्धाञ्जली सभामा मृतकका बुवा धनसिंह महतालाई हस्तान्तरण गरिएको जनाएको छ ।

शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सूर्यबहादुर सेन ओलीले रकम हस्तान्तरण गरेका थिए । महता सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँके दरबन्दीका प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान थिए ।

उनी २०८२ फागुन १ गतेदेखि सञ्चालन भएको सि.सं. २४० (ञ) सशस्त्र प्रहरी जवान आधारभूत तालिममा सहभागी थिए ।

गत २१ वैशाखकाे राति साढे एक बजे महताले टाउको दुख्ने र ज्वरोको समस्या भएपछि शिक्षालयले अस्पताल लगेकाे थियाे । शिक्षालयको एम्बुलेन्समार्फत सशस्त्र प्रहरी बल फिल्ड अस्पताल अत्तरिया, कैलाली लगिएकोमा उपचार सम्भाव नभएपछि अत्तरिया अस्पताल लगिएको थियाे ।

तर चिकित्सकले बिहान ५ बजेतिर मृत घाेषणा गरेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...