

धनगढी । बैतडीको पुर्चौडी नगरपालिका–७ काफलीबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ ।
मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

