कैलालीमा कर्मचारीलाई जग्गा नाप्न नदिने ५ जना पक्राउ, तीन महिनासम्म जेल

cp new add
Nisharg hospital
suchana

धनगढी ।  कैलालीमा अदालतले तोकेको कैद सजाय भुक्तान नगरी फरार रहेका पाँच जना पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको फैसलाअनुसार कर्मचारीलाई नाप–नक्सा गर्न बाधा अवरोध गरेको मुद्दामा ३ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–४ का धनबहादुर मगर पक्राउ परेका हुन् ।

यस्तै, सोही मुद्दामा १/१ महिना कैद सजाय तोकिएका कालु आउजी, दुदा दमाई, धिर्का रावत र चन्द्रसिंह दानीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनीहरुलाई बुधबार आफ्नै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...