

धनगढी । कैलालीको धनगढीबाट खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने १ ग्राम ७० मिलिग्राम धुलो पदार्थसहित स्थानीय २० वर्षीय अंकित धामीसहित ६ जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

