गणतन्त्र नेपाली जनताको ऐतिहासित उपलब्धि हो :  मुख्यमन्त्री शाह

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

शुक्रबार परेको १९औं गणतन्त्र दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै शाहले गणतन्त्र स्थापना शासन प्रणाली परिवर्तन मात्र नभएर सार्वभौम जनताको अधिकार, आत्मसम्मान, समानता र लोकतान्त्रिक आकांक्षाको विजय भएको बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको बताउँदै शाहले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात तथा अज्ञात शहीदलाई सम्झिदै श्रद्धाञ्जली पनि दिका छन् ।

गणतन्त्र स्थापनाका लागि राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकले खेलेको भूमिकाको पनि शाहले स्मरण गरेका थिए । उनले सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र सीमापार व्यापारका हिसाबले सम्भावनायुक्त रहेको बताए ।

भारत र चीनजस्ता ठूला आर्थिक शक्तिसँगको भौगोलिक निकटताले प्रदेशलाई व्यापार र लगानीको केन्द्र बन्ने अवसर प्रदान गरेको उनको भनाई थियो ।

प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको पनि शाहले बताए । सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

आत्मनिर्भर र समुन्नत प्रदेश बनाउन संघ, स्थानीय तह, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य आवश्यक रहेको बताए । समारोहमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दल नेता खगराज भट्टले शासक र प्रशासकका कमजोरीका कारण मुलुकमा गणतन्त्रप्रती नैराश्यता बढिरहेको बताएका छन् । भ्रष्टता, अपरादर्शीता, विवेकहीनता र उदासिनताले गर्दा व्यवस्थाप्रती स्वयंम गणतन्त्रका ल्याउन संघर्ष गरेका राजनीतिक दल र नेता समेत दिक्क मान्न थालेको बताउँदै भट्टले आचरण र व्यवहार सुधार्नुुपर्नेमा जोड दिएका छन् ।

एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले नेपाली जनताको बलिदानीबाट गणतन्त्र प्राप्त भएको बताउँदै महत्वपूर्ण उपलब्धिको रक्षा गर्नुपर्ने बताएका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...