दैनिक एक/दुई जनालाई लखपति बनाउँछौं :  अर्थमन्त्री वाग्ले

cp new add
Nisharg hospital
suchana
Nast new

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हरेक दिन १/२ जनालाई लखपति बनाउने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धमा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले हरेक दिन लट्री टिकटमार्फत लखपति बनाइने बताएका हुन् ।

उनले सबैलाई करको दायरामा ल्याउँदै सबैलाई प्रोत्साहन दिने बताए । ‘भ्याट बिल नै अटोमेटिक लट्री टिकट बन्दैछ, उनले भने, ‘हरेक दिन हामी लखपति बनाउँछौं ।

रेमिट्यान्स पठाउनेलाई त्यो सुविधा दिइने उनले बताए । ‘सबैलाई करको दायरामा ल्याएर प्रोत्साहन दिनुपर्ने छ । कल्चर बसाएर सबैलाई मजबुत बनाउनु छ, युवाहरूलाई विदेशमा अड्याउनु पनि छ ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...