


बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानी र वडा नं. ६ कोर्धकी ६ वर्षीया बालिका जसना खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार आइतबार वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर ६० वर्षीय दानीको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै, वडा नं. ६ की ६ वर्षीया जसना खड्काको पनि भीरबाट चिप्लिएर मृत्यु भएको छ। उनी आमासँगै गाउँ नजिकैको वनमा घाँस काट्न गएकी थिइन्।
आमा घाँस काटिरहेको समयमा बालिका भीरबाट चिप्लिएको प्रहरी निरीक्षक भाटले जानकारी दिए ।
एकै दिन दुई जनाको दुःखद निधन भएपछि स्थानीय गाउँ शोकमा डुबेको छ।

