


धनगढी । कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
मंगलबार धनगढी उपमहानगरपालिका–१८ डिपो बजार, भजनी नगरपालिका–५ मिलनपुर तथा वडा नम्बर ६ महादेली क्षेत्रमा प्रहरी गस्तीका क्रममा बेवारिसे अवस्थामा रहेका चिनी, सुर्ती, वायरिङ पाइप, फलामका चेन, ट्र्याक्टरका विभिन्न पार्टपुर्जा र एउटा मोटरसाइकलसहित अन्दाजी ४ लाख ४३ हजार ८५० रुपैयाँ बराबरका सामान फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

