दुई दिनदेखि महिला बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । बागमती गाउँपालिका–२, राईगाउँ बस्ने ३५ वर्षीया सीता राई विगत दुई दिनदेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार उनी २०८३ साल जेठ १७ गते ललितपुरको चाङाथली क्षेत्रबाट हराएकी हुन्। त्यसयता उनीसँग कुनै सम्पर्क हुन नसकेको र हालसम्म उनको अवस्था तथा ठेगाना खुल्न नसकेको परिवारले जनाएको छ।

सीताका श्रीमान् आइतमान बन्जनका अनुसार उनी हराउनुभन्दा करिब एक साताअघिदेखि असामान्य रूपमा टोलाएर बस्ने गरेकी थिइन्। घरबाहिर जाँदा पनि प्रायः कसैलाई साथमा लिएर जाने गरेकी सीता हराएको दिन भने मोबाइल फोनसमेत नलिई घरबाट निस्किएकी थिइन्।

बन्जनले परिवारले सम्भावित सबै स्थानमा खोजी गरिसकेको र खोजी कार्यमा सहयोगका लागि प्रहरी कार्यालयमा समेत निवेदन दिइसकेको जानकारी दिए। उनले सीता राईको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्।

उनीबारे कुनै जानकारी प्राप्त भएमा वा कतै देख्नुभएमा नजिकको प्रहरी कार्यालय अथवा परिवारजनलाई तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

सम्पर्क नम्बर :
९८४५७१५०८२
९८६४२४६८८०
परिवारले सीता राईलाई सकुशल फेला पार्न सबैसँग सहयोगको अपेक्षा गरेको छ

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...