ट्रम्पका विशेष दूत गोरसँग दिल्लीमा रविको भेटवार्ता

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो । रास्वपा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत १८ गते नयाँ दिल्ली गएका थिए । भाजपाको निमन्त्रणामा दिल्ली गएका उनी त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयंशकर, भाजपाका नेताहरू लगायतसँग उनले भेट गरिसकेका छन् ।

आज दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ गोरसँग भेटवार्ता गरेका हुन् ।

गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन् । गोर यसअघि गत वैशाखमा नेपाल आएका थिए । त्यतिबेला पनि उनले सभापति लामिछाने लगायतका रास्वपा नेताहरूसँग भेटवार्ता गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...