बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौँ । बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ । गत जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो ।

सो स्थानमा अब अस्थायी सुरक्षा वेश स्थापना गरिने भएको छ ।  अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालय बाट नै हुनेछ ।

सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली सो ठाउँमा खटिएको हो । केही दिन यता उक्त क्षेत्रमा सीमा विवाद चर्किएको थियो ।

शुक्रवार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्रको ‘केन्द्रीय संयुक्त सुरक्षा बेस’ राख्ने निर्णय गरेको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...