कैलालीको हसुलिया बजारमा अनुगमन: बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्रीमा प्रयोग नगर्न निर्देशन

cp new add
Nisharg hospital
suchana
Nast new

कैलाली । कैलारी गाउँपालिका–१ हसुलिया बजार क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण सम्बन्धी अनुगमन गरिएको छ।

Telecome

शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना तथा कैलारी गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामीसहितको अनुगमन टोलीले बजारका करिब १५–२० वटा पसलमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा १८ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्थाबारे व्यवसायीहरूलाई जानकारी गराउँदै सचेतना प्रदान गरिएको थियो।

कार्यक्रमको सुरक्षा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी बरिष्ठ हवल्दार नरेन्द्रसिंह बिष्टको कमाण्डमा चार सदस्यीय टोली खटिएको थियो। प्रहरीले अनुगमन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...