कैलालीमा ८ लाख बढीका भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital

कैलाली । जिल्ला कैलालीको कैलारी गाउँपालिका–४ भितरिया घाट क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब ८ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति बेवारिसे अवस्थामा फेला पारेका अन्दाजी मूल्य रु. ८ लाख ३०० बराबरका कुर्ती, टप्स, दुई थान साइकललगायतका सामान नियन्त्रणमा लिएको हो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ।

Nast Ad
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...