अछामका बिनाेद शाही हत्या : कांग्रेस नगर सभापति शाहीसहित ६ जनालाई जन्म कैद, १/१ लाख क्षतिपूर्ति तिर्नुपर्ने

cp new add
Nisharg hospital

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा उच्च अदालत दिपायलले जिल्लाकाे फैसला उल्ट्याएकाे छ ।

Telecome

उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दकाे संयुक्त इजलासले जिल्लाकाे फैसला उट्याएर ६ जनालाई जन्म कैदकाे फैसला सुनाएकाे छ ।

अदालतका प्रवक्ता नरबहादुर नेगीले प्रतिवादी सज्जन शाही, महेन्द्र शाही, बिरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जन्म कैदकाे सजाय सुनाइएकाे बताए । उनीहरू मध्येका सज्जन शाही नेपाली कांग्रेसका नगर सभापति समेत हुन् ।

उनकाअनुसार उनीहरूलाई जनही १/१ लाखका दरले पीडित पक्षलाई क्षतिपूर्ति पनि भराउन आदेश दिइएकाे छ ।अन्य चार जना प्रतिवादी पानमति बम शाही, द्रोपति शाही, कर्णबहादुर शाही र शान्ति कुमारी शाहीकाे हकमा भने जिल्लाकै निर्णय सदर हुने ठहर गरिएको छ ।

४ मंसिर २०८२ मा जिल्ला अदालत अछामले याे मुद्दाको सुनवाइ गर्दै सबै प्रतिवादीलाई सफाइ हुने फैसला सुनाएको थियाे । ३० बैशाख २०७९ काे स्थानीय तह चुनावकाे दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियाे ।

सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको थिए ।

२१ जेठमा घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो तर जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहितका तीन जना आरोपित विरुद्ध मुद्दा नचलाउने निर्णय गरेकाे थियाे ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...