
कैलालीको टिकापुर नगरपालिकामा डल्लब र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका–४ ठानापुरका ४५ वर्षीय श्रीराम चौधरीले चलाएको डल्लब र बर्दगोरिया गाउँपालिका–४ मुडाका ४० वर्षीय रुपलाल बादीले चलाएको सु।प।प्र।०१–०१२ प २१८३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बादीलाई उपचारका लागि टिकापुर अस्पताल हुँदै बाँकेको नेपालगञ्जस्थित वेस्टर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई गएराति मृत घोषणा गरेका हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

