
धनगढी । कञ्चनपुरमा एक जना खेतमा मृत भेटिएका छन् ।

बेलौरी नगरपालिका–७ ठुलो सिंहपुरका ५५ वर्षीय वीरप्रसाद चौधरी आफ्नै खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीकअनुसार चौधरी बुधबार साँझ घरबाट करिब २ किलोमिटर टाढा रहेको आफ्नै खेतमा मृत अवस्थामा भेटिएका हुन्।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

