
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । केही सातादेखि नै सुनको मूल्य ओरालो लागिरहेको छ । एक साताकै अवधिमा सुनको भाउ १८ हजार ९ सय रुपैयाँ घटेको छ । गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ थियो । त्यस्तै चाँदी आज तोलामा २५० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २३५ रुपैयाँमा कायम भएको छ । एक साताको अवधिमा चाँदी ७१० रुपैयाँ प्रतितोला घटेको छ । गत बिहीबार चाँदीको भाउ प्रतितोला ४ हजार ९५० रुपैयाँ थियो ।

