चिकित्सक अभावमा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

cp new add
Nisharg hospital

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा रेडियोलोजिस्ट चिकित्सकको अभावका कारण भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ।

Telecome

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार रेडियोलोजिस्ट डा. होम पन्त दुई महिनाअघि कोशी प्रदेशमा सरुवा भएपछि जागिरबाट राजीनामा दिएका थिए। त्यसयता रेडियोलोजिस्ट चिकित्सक नहुँदा दुवै सेवा प्रभावित भएका हुन्।

अस्पतालमा दैनिक करिब २० जनासम्मले भिडियो एक्सरे सेवा लिने गरे पनि सेवा बन्द भएपछि बिरामी निजी अस्पताल वा अन्य स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्।

कार्कीका अनुसार गर्भवती महिलाको नियमित परीक्षणका लागि भने स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) चिकित्सकमार्फत भिडियो एक्सरे सेवा सञ्चालन भइरहेको छ। तर म्यामोग्राफी (स्तन एक्सरे) को रिपोर्टिङ अनिवार्य रूपमा रेडियोलोजिस्टले गर्नुपर्ने भएकाले उक्त सेवा पूर्ण रूपमा बन्द भएको उनले बताए।

यस क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याइएको म्यामोग्राफी सेवा बन्द हुँदा स्तनसम्बन्धी रोगको परीक्षण गराउन आउने बिरामी थप समस्यामा परेका छन्।

६ सय शय्याको भौतिक पूर्वाधार निर्माण भइसकेको गेटा अस्पतालमा हाल ५० शय्या मात्र सञ्चालनमा छन्। सेवा विस्तारका लागि स्थानीयले पटकपटक माग गर्दै आए पनि अस्पतालमा भएका केही सेवा समेत पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन्।

यसअघि आईसीयू र एनआईसीयू सेवा सञ्चालन गर्ने उद्देश्यले आवश्यक पूर्वाधार तयार गरिए पनि ती सेवा अझै सञ्चालनमा आउन सकेका छैनन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...