चुनावपछि सरकारमा कांग्रेसको दाबी रहन्छ : नेता महत

cp new add
Nisharg hospital

१९ कात्तिक, धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश सरण महतले आगामी सरकारको नेतृत्वका लागी काग्रेंसको स्वभाविक दावी रहने बताएका छन् ।

Nast Ad

मंसिर ४ को निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गर्दै डा.महतले देशब्यापी गठबन्धनका पक्षमा जनलहर चलेको बताउदै गठबन्धनले बहुमत प्राप्त गर्ने कुरामा कुनै दुईमत नै नभएको बताएका छन् ।

धनगढीमा प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले गठबन्धनको ठुलो दल भएका कारण काग्रेंसले प्रधानमन्त्रीको लागी गठबन्धनका दलहरुबिच खासै छलफल नभएको बताउँदै अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको समेत स्पस्ट पारे ।

सबैभन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएको भन्दै एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले ८० भन्दा बढि सिट जित्ने कुरामा दाबी गर्दै गठबन्धनले बहुमत ल्याउने महतले बताए ।

महतले प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा थुप्रै विकासका कामहरू गरेको र देउवाको पहलमा सुदूरपश्चिम प्रदेशमा धेरै विकास भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै सपना बाढेको तर, काम नगरेको आरोप लगाए । रेल ल्याउने, पानी जहाज चलाउने, घरघरमा ग्यास ल्याउने भन्दै सपना बाढेको तर, काम नगरेको महतको भनाइ थियो ।

आगामी सरकारले मुलुकमा स्थिरता दिने र रोजगारी सृजना गर्नेमा विश्वस्त रहन महतले आग्रह गरेका थिए । कांग्रेसले ६८ वर्षमा वृद्ध भत्ता दिएको बताउँदै महतले भने, ‘अब ६५ वर्षमा वितरण गर्ने लक्ष्य रहेको बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...