कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन गरेको छैन : परराष्ट्रमन्त्री खनाल

cp new add
Nisharg hospital

काठमाण्डौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता नभएको बताएका छन् ।

Telecome

राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त चर्चामा कुनै सत्यता नभएको बताएका हुन् ।

उनले भने, ‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन ।’

नेपालको संविधान २०७२ को धारा २८९ को प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धमा भएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उनले बताए । उनले भने, ‘नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको प्रतिकूल हुने गरी कुनै पनि सम्झौताहरू नगर्ने विषय स्पष्ट पार्न चाहन्छु, नेपालको खानी विभागले यस विषयमा आवश्यक कदमहरू चाल्नेछ ।’

यस्तै उनले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भू–भागको सिमांकनका विषय टुङ्ग्याइसकेको बताउँदै लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन नगरेको बताए ।

उनले भने, ‘ती क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन गरेको छैन  त्यो सत्य हो, त्यो तथ्य हो । तर हामी स्पष्ट छौँ, ती भूभागहरू नेपालकै हो। हामीसँग ऐतिहासिक आधार, प्रमाण र नक्साहरू छन् ।‘यही कुरा मैले भारतका समकक्षीसँग भेट्दा पनि राखेको छु । हामीबीच भएका केही विभेद हुनु स्वाभाविक हो, तर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामी कूटनीतिक वार्ताबाट यो विवाद समाधान गर्न चाहन्छौँ भनेर मैले भनेको पनि छु ।’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...