बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो।

Telecome

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार तोलामा चार हजार चार सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...