कञ्चनपुरमा आफ्नै पालिकाको इप्रकामा कार्यरत असईसहितका ११ प्रहरी जिल्ला झिकाइए

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरको इलाका प्रहरी कार्यालय दोधाराचाँदनीमा कार्यरत ११ जना प्रहरीलाई जिल्ला झिकाइएको छ ।

Nast Ad

दोधाराचाँदनी नगरपालिका नै घर भएर लामो समयदेखि इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) रामदत्त जोशीसहितका प्रहरीलाई जिल्ला झिकाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले सोही ठाउँ घर भएका ११ प्रहरीलाई जिल्ला बोलाएर उनीहरुको ठाउँमा अन्य प्रहरी कर्मचारी पठाइएको जानकारी दिए । उनकाअनुसार दोधाराचाँदनी नगरपालिकामै घर भएका स्थानीयलाई राख्दा कार्य सम्पादन प्रभावकारी नहुने भएकाले उनीहरुलाई हेरफेर गरिएको हो ।

असई बाहेक हेरफेरमा पर्नेमा जवान र हवलदार रहेका छन् । दोधाराचाँदनी नगरपालिकामा प्रहरीले केही दिनअघि भारतबाट चोरी गरि ल्याइएका सुनचाँदीका गरगहना बरामद गरेको थियो ।

गरगहना बरामद गरेको विषय समेत विवादमा परेको थियो । स्रोतकाअनुसार उक्त घटनामा सोही ठाउँ घर भएका केही प्रहरीको भूमिका शंकास्पद देखिएपछि जिल्लाले सबैलाई परिवर्तन गरेको हो । तर डीएसपी रावत भने गरगहना बरामद गरिएको विषयसँग प्रहरी झिकाउने विषय सम्बन्धी नभएको बताउँछन् ।

विस्तारै अन्य प्रहरी कार्यालयमा समेत उक्त नीति लागू गरिन कञ्चनपुर प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...