
विराटनगर । प्रहरीले विराटनगरबाट पेस्तोल र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहानको राति विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवको घरमा प्रहरीले छापा मारेर एक थान कटुवा पेस्तोल, लागुऔषध खैरो हेरोइन ३ ग्राम ७ मिलिग्राम र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको हो ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको उनले बताए । उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

