व्यवसायी शंकर अग्रवाल पक्राउ

cp new add
Nisharg hospital

काठमाडौँ । व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी )का एसएसपी अनुपम शमशेर जबराले  बताए ।

Nast Ad

एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्। सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । सीआईबीले उनलाई उच्च अदालतमा उपस्थित गराउने भएको छ ।

यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...