गेटामा रजिष्ट्रार हटाउने र उपकुलपति यथावथ राख्नेगरि बन्यो सहमतिको मस्यौदा, प्रधानमन्त्री कार्यालयले अन्तिम रुप दिएपछि हस्ताक्षर गरिने

cp new add
Nisharg hospital

धनगढी । अनसनरत डाक्टर गोविन्द केसी र सरकारी प्रतिनिधि सम्मिलित टोलीबीच सहमतिको अन्तिम मस्यौदा तयार भएको छ ।

Nast Ad

सबैभन्दा पेचिलो बनेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्तिको विषयमा मध्यमार्गी निकाससहित दुवै टोलीबीच सहमति जुटेको हो ।

आठ बुँदे सहमतिको मस्यौदा गरेर दुवै पक्ष वार्ता स्थलबाट निस्किएका छन् । स्रोतकाअनुसार उक्त मस्यौदा प्रधानमन्त्री कार्यालयलाई पठाइएको छ । प्रधानमन्त्री कार्यालयले अन्तिम रुप दिएपछि दुवै पक्षले हस्ताक्षर गर्नेछन् ।

सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको हकमा स्वार्थको आरोप लागेका रजिष्ट्राचार डा. भीमबहादुर चन्दलाई प्रक्रिया पुगाएर पदबाट हटाउने, उपकुलपति डा. सुनिलकुमार जोशीलाई तत्काल यथावत राख्नेगरि सहमति बनेको छ । स्रोतकाअनुसार गेटामा चालु वर्षमै तीन सय शैयाको अस्पताल सञ्चालन गर्ने र एमबीबीएसको पढाइ पनि अघि बढाउने सहमति जुटेको छ ।

आइतबार सहमति जुट्न बाँकी रहेको निजी मेडिकल कलेजको कोटा तत्काल नबढाने सहमति भएको छ । तर यो सहमति नै अन्तिम भने होइन । प्रधानमन्त्री कार्यालयले अन्तिम रुप दिएपछि मात्र मान्य हुनेछ ।

अन्य केसीले उठाएका माग पनि पूरा गर्ने सहमति बनेको छ । सहमतिलाई प्रधानमन्त्री कार्यालयले अन्तिम रुप दिएपछि मात्र डाक्टर केसीको अनसन तोडाउने तयारी छ ।

तर, प्रधानमन्त्री कार्यालयले अन्तिम रुप दिएपछि मात्र त्यसलाई सार्वजनिक गरि डाक्टर केसीलाई अनसन तोडाइनेछ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...