कैलालीमा ग्रीनेट पड्किदा दुई नेपाली सेना घाइते, काठमाडौँ लगियो

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा सैन्य तालिम अभ्यासका क्रममा ग्रीनेट पड्किदा दुई जना सैनिक घाइते भएका छन् ।

Nast Ad

गोदावरी नगरपालिका–४ को गोदावरीस्थित वनदेवी फाइरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण ब्यारेक तेघरीमा सञ्चालन भएको सैन्य तालिमका क्रममा ग्रिनेट बम पड्किदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय बिक्रम कार्की र सैन्य २० वर्षीय रन्जित थारु रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । दुवै जनालाई उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो ।

उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन् ।

Navjeen New Ad
Loading...