
२४ कात्तिक, धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काठमाण्डौ फर्किने भएका छन ।

बिहीबार बिहान १० बजे काठमाण्डौ फर्किने कार्यक्रम रहेको काँग्रेस कैलालीका सभापति नारायण भट्टले बताए ।
प्रधानमन्त्री देउवा गत बुधबार धनगढी आएका थिए ।
गत बिहीबारदेखि गृह जिल्ला डडेल्धुराका चुनावी सभामा देउवा सहभागी थिए । हिजो दार्चुला र बैतडीमा सत्ता गठबन्धन दलहरुका चुनावी सभालाई देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले सम्वोधन गरेका थिए । उनी आज काठमाण्डौ फर्किने भएका हुन ।

