
सप्तरी। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-८ जोगिनियास्थित खेतबाट करिब ३ सय २ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका-७ मुखिया टोल बस्ने ५३ वर्षीय माधुरी मुखिया रहेका छन् ।
उनलाई शनिबार दिउँसो इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

