भक्तपुरको सुधार गृहमा युवकको मृत्यु भएपछि तनाव

cp new add
Nisharg hospital

काठमाडौं । भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१ सिरुटारमा रहेको उत्साहित सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको थियो ।

Nast Ad

उपचारका लागि अस्पताल लगिएकोमा उनको आइतबार बिहान ४ बजे मृत्यु भएको बताइएको छ । तर सुधार गृहमा राखिएका अन्य व्यक्तिहरूले भने कुटेर उनको हत्या गरेको आरोप लगाएका छन् ।

उनीहरूले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै सुधार गृहमै नाराबाजी गरेका छन् । अहिले उक्त ठाउँमा प्रहरी परिचालन गरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...