
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारको बुधबार सार्वजनिक लेखा समितिको प्रस्तुति अशोभनीय भएको बताएका छन् ।

स्वतन्त्र नागरिक समाजका संयोजक ऋषि धमलासहितको प्रतिनिधि मण्डलसँग कुरा गर्दै सभामुख अर्यालले यस विषयमा आफूले समितिका सभापति भरतबहादुर खड्कालाई पनि बोलाएर ध्यानकर्षण गराएको बताए ।
आफूले संसदीय समितिमा सांसदहरुका अमर्यादित गतिविधिबारे ध्यानाकर्षण गराएपछि सभामुखले सांसदले संसदीय समितिमा बोल्दा मर्यादाको ख्याल गर्नुपर्ने जवाफ दिएको धमलाले बताए ।
सभामुखले सांसदहरूले संसदको बैठक र संसदीय समितिमा बोल्दा पदीय मर्यादा,राष्ट्रिय सुरक्षाका विषय र राज्यका संवेदनशील अंगहरुको प्रतिष्ठाबारे ख्याल गर्नुपर्ने बताएका थिए ।

