
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै शाहले राजीनामा दिएको घोषणा गरेका हुन्।

शाहले आफ्नो राजीनामापत्र प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाउने जानकारी प्रदेश सभालाई गराएका छन्।
बजेटका विषयमा असहमति जनाउँदै नेकपा एमालेले गत असार ३१ गते शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो।
समर्थन फिर्ता भएको ३०औँ दिनमा शाहले राजीनामा दिएका हुन्। अब प्रदेश प्रमुख नजिर मियाँले संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

