देउवा समूहलाई विश्वप्रकाशको जवाफ : ‘विधिविपरीत चले राजनीतिमा पनि रेड कार्ड देखाइन्छ’

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खेलजस्तै पार्टी पनि विधि अनुसार चल्नुपर्ने बताएका छन्। झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खेलकै नियमलाई राजनीतिले अङ्गीकार गर्‍यो भने राजनीति पनि स्वस्थ हुने बताए।

Nast Ad

उनले भने, ‘खेलको मैदानमा कसैले गल्ती गर्नुहुन्छ, पहेँलो कार्ड देखाइन्छ। फेरि गल्ती गर्‍यो भने रातो कार्ड देखाइन्छ। त्यसैले राजनीतिमा पनि हामीले गल्ती गर्‍यौँ भने हामीलाई पहेँलो कार्ड देखाइन्छ, रेड कार्ड देखाइन्छ भन्ने कुराको चेतना राजनीतिज्ञहरूले राख्नुपर्छ।’ उनले नेपाली कांग्रेस पार्टीको एउटा विधिबमोजिम विशेष महाधिवेशन भएको बताए।

उनले भने, ‘त्यसमा फरक मत राख्दै गर्दा सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको छ। त्यसलाई मानेर जाने हो। अदालतले नेपाली कांग्रेसको केन्द्रीय समिति बदर गरेको छैन । सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिलकुलै होइन । त्यसैले नेपाली कांग्रेसको सभापति को हो भनिरहँदै गर्दा उहाँहरू अलमलिनुपर्ने, केन्द्रीय समिति को हो भन्दा अलमलिनुपर्ने अवस्था छैन।’

उनले आवेगमा आएर चुनदेवीमा नेमप्लेट राख्दैमा सभापति नहुने बताए । उनले थपे, ‘अब यता नेमप्लेट राख्ने, उता राख्ने, उहाँ पनि नै सभापति हो, उहाँ पनि नै कार्यसमिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा खेलको नियम, विधिभन्दा बाहिरको कुरा हुन्छ। हामी आग्रह गर्छौँ कि विधिभित्र जसरी खेल चल्छ, त्यसरी नै विधिभित्र राजनीति चल्छ।’

उनले आफूहरू विभाजनको पक्षमा रहेको बताए । उनले थपे, ‘विधिलाई मानेर जस्तै रेफ्रीले पहेँलो कार्ड देखाउने हो, बाहिरबाट दर्शकले पहेँलो कार्ड देखाउन पाइन्छ र ?  पाइँदैन नि त्यस्तै राजनीतिमा पनि निर्वाचन आयोग हुन्छ, सर्वोच्च अदालत हुन्छ। उसले देखाएको पहेँलो कार्ड या रेड कार्डलाई हामीले मान्नुपर्ने हुन्छ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...